मंगलबार नेप्से परिसूचक २७.४७ अंकले वृद्धि, विशाल बजारका लगानीकर्ताले सबैभन्दा बढी गुमाए
काठमाडौं, २८ वैशाख । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर बन्द भएको छ । आज २७.४७ अंकले बढेको बजार २६७३.३१ विन्दुमा पुगेर रोकिएको हो । बढेको बजारमा ५ अर्ब ८१ करोड रुपैयाँको शेयर कारोबार भएको छ । २२० कम्पनीको १ करोड ८ लाख १९ हजार ५३५ कित्ता शेयर खरिद विक्री भएको छ ।
सर्वाधिक शेयर घट्नेमा बिशाल बजार कम्पनी लमिटेड रहेको छ । यो कम्पनीको शेयर मूल्य १० प्रतिशतले घटेको छ । यो कम्पनीका लगानीकर्ताले सोमबारको तुलनामा ५४४ रुपैयाँ गुमाएका हुन् । यो कम्पनीको शेयर मूल्य ४ हजार ८९७ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज सर्वाधिक शेयर मूल्य वृद्धि ५ वटा कम्पनीको भएको छ । जसमा बोतल्स नेपाल (तराई) लिमिटेडको १० प्रतिशतले शेयर मूल्य वृद्धि भएको छ भने बाँकी ४ कम्पनीको ९ प्रतिशतभन्दा बढीले शेयर मूल्य वृद्धि भएको छ ।
सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको ७६ करोड ६५ लाख रुपैयाँको शेयर खरिद विक्री भएको छ ।
कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा वृद्धि भएको छ ।