Date

सोम, असार २३, २०८२
Mon, July 7, 2025

तीन स्थानीय तहमा अझै पुगेनन् बैंक

तीन स्थानीय तहमा अझै पुगेनन् बैंक

काठमाडौं, ३० वैशाख । सबै स्थानीय तहमा कम्तीमा एउटा वाणिज्य बैंकको शाखा पुर्‍याउने सरकारी लक्ष्य अझै पूरा भएको छैन । २०७४ असारभित्र अनिवार्य रूपमा सबै स्थानीय तहमा शाखा पुर्‍याउन नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई निर्देशन दिएको भएपनि उक्त मिति सकिएको चार वर्षसम्म पनि तीन वटा स्थानीय तह अझै वाणिज्य बैंकविहीन छन् । 

चालू आर्थिक वर्ष २०७७–०७८ को नौ महिनासम्ममा कुल सात सय ५३ स्थानीय तह मध्ये सात सय ५० तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएको नेपाल राष्ट्र बैंकले जनाएको छ। हालसम्म वाणिज्य बैंकको शाखा नपुगेका स्थानीय तहमा धादिङको रुविभ्याली गाउँपालिका, जाजरकोटको जुनीचाँदे र बझाङको काँडा गाउँपालिका हुन । यी स्थानीय तहमा बैंक नहुँदा कारोबार गर्न निकै गाह्रो भएको स्थानीय जनप्रतिनिधिहरुको गुनासो छ ।

बैंकको शाखा खोल्नका लागि अत्यावश्यक पूर्वाधारको विकास नभएकाले शाखा विस्तारमा समस्या भएको बैंकर्स बताउँछन् । मुलुक संघीय संरचनामा गएपछि बनेका ७ सय स्थानीय तहमध्ये त्यति बेला करिब साढे २ सयमा मात्र वाणिज्य बैंकको शाखा पुगेको थियो । सबै तहका सरकारी कारोबार वाणिज्य बैंकको शाखामार्फत मात्र गर्नुपर्ने व्यवस्था संविधानमा छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *