Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

सिटिजन लाइफ इन्स्योरेन्स र क्लिनिक वनबीच साझेदारी

सिटिजन लाइफ इन्स्योरेन्स र क्लिनिक वनबीच साझेदारी

काठमाडौं, ३१ वैशाख । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र क्लिनिक वन काठमाडौंबीच कोभिड १९ प्रि एन्ड पोस्ट सर्भिस सम्बन्धि सम्झौता भएको छ । कोरोना महामारीको कारण उत्पन्न बिषम परिस्थितीमा सर्वसाधारणहरुको डाक्टरसम्म सहज पहुंच नपुगिरहेको बेला यस कम्पनीसँग सम्बद्ध ग्राहक, अभिकर्ता र कर्मचारीहरुको लागी स्वास्थ्य सम्बन्धी आवश्यक सहयोग पुर्‍याउने उदेश्यले सिटिजन लाइफले उक्त सम्झौता गरेको हो ।

उक्त सम्झौता अनुसार यस कम्पनीसँग सम्बन्ध रहेका व्यक्तिहरुले उक्त क्लिनिकबाट पुर्णकालिन आवश्यक सेवाहरु विशेष छुट शुल्कमा भुक्तानी गरि लिन सक्ने व्यवस्था गरिएको छ। कोभिड केयर सेवा मार्फत अनलाइन स्वास्थ्य परामर्श, विषेशज्ञ डाक्टरको परामर्श सेवा, घरमा नर्सिङ केयर सेवा, एम्बुलेन्स सेवामा समन्वय, घरमै पिसिआर टेस्ट, विभिन्न खोपको लागि व्यवस्था, रगत परिक्षण तथा डाक्टरको परामर्श सेवा आदि सुविधाहरु पाईनेछ । यसको लागी कम्पनीले चौविसै घण्टा सम्पर्क र सेवा लिनसक्ने व्यवस्था गरेको जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x