Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सीइडीबी हाइड्रोपावरको आइपीओ बाँडफाँड

सीइडीबी हाइड्रोपावरको आइपीओ बाँडफाँड

काडमाडौं, ३१ वैशाख । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलले आज भर्चुअल माध्यमबाट आइपीओ बाँडफाँड गरेको हो ।

दुई लाख ३४ हजार एक सय ९५ जना आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले शेयर पाएका छन् । यसरी बाँडफाँड गरेपछि बाँकी रहेको चार कित्ता शेयर भने १० कित्ता भन्दा बढी आवेदन दिएका चार जनालाई एक–एक कित्ताका दरले थप गरिएको छ । चार जना लगानीकर्ताले भने ११ कित्ता शेयर पाएका छन् ।

आइपीओमा आवेदन दिएका कुल १६ लाख ८५ हजार छ सय २७ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो । चार हजार चार सय ४२ आवेदन भने अयोग्य ठहरिएका थिए ।

कम्पनीले वैशाख १७ गतेबाट २१ गतेसम्म कुल २५ लाख १८ हजार दुई सय ३० कित्ता आइपीओ बिक्री खुला गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x