शाओमीको रेडमी १० नोट प्रो नेपालमा लन्च

काठमाडौं, ३१ वैशाख । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आज नेपालमा रेडमी नोट १०प्रो को लन्च गरेको छ। रेडमी नोट १० प्रो बेस्ट–इन–क्लास फिचर्सहरुका साथ जस्तै १०८ एमपी क्यामेरा, १२० हट्र्ज सुपर एमोलेड डिस्प्ले, क्वालकम स्न्यापड्रागन टिएम ७३२ जी, ईभोल डिजाइनका साथ उपलब्ध हुने बताइएको छ। जसले टेक इनोभेसनको क्षेत्रमा नयाँ आयाम ल्याएको छ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीले देशमा पहिलो रेडमी नोटको शुरु भएदेखि नै नोट सिरिजले आफ्नो श्रेणीमा केही उच्च मापदण्ड राख्दै आएको बतए । रेडमी नोट सिरिजकोे १० औँ जेनेरेसनको प्रषेपणका साथ हामी टेक्नोलोजीको हरेक अंश जस्तै क्यामेरा, डिस्प्ले र प्रदर्शनलाई लिएर यस भागमा एक व्रmान्तिकारी परिवर्तन ल्याएको बताइएको छ ।
रेडमी नोट १० प्रो एक क्वाड क्यामेरा सेटअपको साथ आउँछ जसमा १०८ एमपी प्राइमरी क्यामेरा, ८ एमपी अल्ट्रा वाइड लेन्स, ५ एमपी सुपर म्याव्रmो र २एमपी डेप्थ सेन्सर उपलब्ध छ। फ्रन्ट क्यामेरा १६ एमपीको डिस्प्ले क्यामेरा हो जसमा सानो पञ्च होल बनाइएको छ र यसको व्यास मात्र २.९६ मिलिमिटर रहेको छ।