Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

४३ औं प्रधानमन्त्रीको रुपमा ओलीले लिए सपथ

४३ औं प्रधानमन्त्रीको रुपमा ओलीले लिए सपथ

काठमाडौं, ३१ वैशाख । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई ४३ औं प्रधानमन्त्रीको रुपमा पद तथा गोपनीयताको सपथ गराएकी छन् ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादु पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको छ ।

ओली प्रधानमन्त्री तेस्रो पटक भएका हुन् । त्यस्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x