Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एक महिनामै थपिए डेढ लाखभन्दा बढी कोरोना संक्रमित

एक महिनामै थपिए डेढ लाखभन्दा बढी कोरोना संक्रमित

काठमाडौं, १ जेठ । नेपालमा एक महिनामै कोरोना भाइरसबाट डेढ लाखभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । वैशाख १ गतेसम्म कोरोना संक्रमितको संख्या तीन लाख ७ हजार ९२५ थियो । सो संख्या बढेर शुक्रवार ४ लाख ३९ हजार ६५८ पुगेको छ ।

वैशाख १ गते एकैदिन कोरोनाबाट ६०३ जना संक्रमित भएकामा ३१ गते एकैदिन संक्रमितको संख्या ८ हजार ५२० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वैशाख १ गतेसम्म पिसिआर परीक्षण गराउनेको संख्या २२ लाख ३६ हजार ५२६ जना थियो भने ३१ गते सो संख्या बढेर २७ लाख ३३ हजार ५१० पुगेको छ । वैशाखमा मात्रै चार लाख ९६ हजार ९८४ जनाको पिसिआर परीक्षण गरिएको छ ।

वैशाख महिनामा कोरोनाबाट निको हुनेको संख्या ४९ हजार ४७ रहेको छ । कोरोना भाइरसबाट ३१ गतेसम्म मुक्त हुनेको संख्या तीन लाख २७ हजार ६५३ पुगेको छ । उक्त संख्या वैशाख १ गते दुई लाख ७८ हजार ५०६ रहेको थियो ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । वैशाख १ गते उपत्यकामा संक्रमितको संख्या २५४ रहेको थियो । सो संख्या हाल बढेर तीन हजार ३४९ पुगेको छ ।

यस्तै वैशाखमा मात्रै कोरोनाबाट एक हजार ६०८ जनाले ज्यान गुमाएका छन् । वैशाख १ गतेसम्म कोरोनाबाट तीन हजार ६१ को मृत्यु भएकामा ३१ गतेसम्ममा सो संख्या बढेर चार हजार ६६९ पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x