Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

प्राविधिक समस्याले रिचार्जरको सेवा अबरुद्ध

प्राविधिक समस्याले रिचार्जरको सेवा अबरुद्ध

काठमाडौं, ३१ वैशाख । इकमर्श प्लेटफर्म रिचार्जरको प्राविधिक समस्याका कारण सेवा अवरुद्ध भएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै रिचार्जरले आफ्नो सेवा अवरुद्ध भएको जानकारी दिएको हो । रिचार्जरले शुक्रबार दिउँसो १२ बजेदेखि ५ बजेसम्म ह्याप्पी आवरमा ९९९ रुपैंयामा अक्सिमिटर उपलब्ध गराउने घोषणा गरेको थियो ।

जसका कारण रिचार्जरको मोबाइल एप तथा वेब पोर्टलमा एकै समयमा लाखौंको संख्यामा आएको ट्राफिकका कारण एप तथा पोर्टल तत्कालका लागि अबरुद्ध हुन पुगेको बताइएको छ ।

एप सुचारु भए पछि पुर्वनिर्धारित मूल्यमा नै अक्सिमिटर उपलब्ध गराउने जनाइएको छ । शुक्रबार ५ घण्टाका लागि मात्र बुकिङ तथा अर्डर लिने व्यवस्था गरिएकोमा एप सुचारु भए पछि सामान्य अवस्थामा पनि सोही मूल्यमा अक्सिमिटरका साथै अन्य कोभिड सम्बन्धि वस्तु तथा उपकरण उपलब्ध हुने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x