Date

शनि, साउन ३, २०८२
Sat, July 19, 2025

निजीक्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह २२.५ प्रतिशतले वृद्धि

निजीक्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह २२.५ प्रतिशतले वृद्धि

काठमाडौं, १ जेठ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजीक्षेत्रमा प्रवाहित कर्जा २२.५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी पछिल्लो प्रतिवेदनले यस्तो देखाएको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा ११.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजीक्षेत्रतर्फ प्रवाहित कर्जा २३.१ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा निजीक्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह २२.६ प्रतिशतले, विकास बैंकहरूको कर्जा प्रवाह २५.० प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह १०.२ प्रतिशतले बढेको छ । सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६५.९ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.३ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु)को धितोमा प्रवाह भएको छ । गत आवको सोही अवधिमा धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५.१ प्रतिशत र १३.३ प्रतिशत थियो ।

राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा ३५.७ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १७.० प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १२.७ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १३.८ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २०.८ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १६.८ प्रतिशतले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *