Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

काठमाडौं उपत्यकामा अब वाणिज्य बैंकले ६ र विकास बैंकले ४ वटा मात्र शाखा खुला रहने

काठमाडौं उपत्यकामा अब वाणिज्य बैंकले ६ र विकास बैंकले ४ वटा मात्र शाखा खुला रहने

काठमाडौं, ९ जेठ । नेपाल राष्ट्र बैंकले कोभिड संक्रमण बढ्दै गएपछि बैंकहरुको सीमित शाखाबाट मात्रै सेवा प्रवाह गर्ने नीति लिएको छ । राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैंकहरुले अब काठमाडौं उपत्यकाभित्र दिनमा ६ वटाभन्दा बढी शाख खोल्न नपाउने भएका छन् । यस्तै विकास बैंकले ४ र वित्त कम्पनीले ३ वटा मात्रै शाखा खोल्ने व्यवस्था गर्न निर्देशन दिएको राष्ट्र बैंकका प्रवक्ता तथा नियमन विभाग प्रमुख देवकुमार ढकाल बताउँछन् ।

वाणिज्य बैंकले काठमाडौंमा ३ वटा, ललितपुरमा २ वटा र भक्तपुरमा १ वटा गरी काठमाडौं उपत्यकामा जम्मा ६ वटा मात्रै शाखा खोल्न पाउनेछन् । यस्तै विकास बैंकले काठमाडौंमा २, ललितपुरमा १ र भक्तपुरमा १ वटा गरि जम्मा ४ वटा र वित्त कम्पनीले उपत्यकाका तीनवटै जिल्लामा १–१ वटा शाखा गरेर जम्मा ३ वटा मात्रै शाखा खोल्न पाउनेछन् ।

बैंकले एउटै शाखा लगातार खोल्ने नभइ आलो–पालो गरेर शाखा खोल्नुपर्ने उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x