Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

बालाजु औद्योगिक क्षेत्रको एक सेनिटाइजर कम्पनीमा प्रहरीको छापा

बालाजु औद्योगिक क्षेत्रको एक सेनिटाइजर कम्पनीमा प्रहरीको छापा

काठमाडौं, ९ जेठ । बालाजु औद्योगिक क्षेत्र भित्र रहेको सेनिटाइजर उत्पादक कम्पनी उत्सव डिटरजेन्ट एन्ड कस्मेटिक उद्योगमा प्रहरीले छापा मारेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेर विषाक्त रसायन मेथानल मिश्रित ह्यान्ड सेनिटाइजर ठुलो परिमाणमा बरामद गरेको छ ।

कमला अग्रवाल संचालक रहेको उक्त कम्पनीले सेनिटाइजर उत्पादन गर्ने अनुमति नपाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

विषाक्त रसायन मेथानल समावेश भएको तथा मापदण्डविपरीतका सेनिटाइजरले मानवस्वास्थ्यमा गम्भीर नकरात्मक असर पार्ने भन्दै सरकारले यसअघि नै त्यस्ता सेनिटाइजरको प्रयोग नगर्न र नगराउनु तथा उत्पादन र बिक्रीवितरण अविलम्ब रोक्का राख्न निर्देशन दिइसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x