Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

५.७ प्रतिशतले घट्यो कोभिड संक्रमण दर

५.७ प्रतिशतले घट्यो कोभिड संक्रमण दर

काठमाडौं, १० जेठ । नेपालमा यस साता कोभिड–१९ को संक्रमण दर घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । इपिडिमियोलोजिष्ट तथा काठमाडौं विश्वविद्यालयका उपप्रध्यापक डा. अर्चना श्रेष्ठले गत साताको तुलनामा यस साता कोरोना संक्रमणदर ५.७ प्रतिशतले संक्रमण दर घटेको जानकारी दिइन् ।

मन्त्रालयका अनुसार बागमती १६.३१ प्रतिशत, गण्डकी १०.८७ प्रतिशत र लुम्बनी प्रदेशमा १९.१ प्रतिशत संक्रमणको दर घटेको छ । सबभन्दा बढी प्रदेश नं २ मा संक्रमण दर फैलिएको छ । प्रदेश नं २ मा १०५.१ प्रतिशतको दरले संक्रमण बढेको छ । प्रदेश नं १ मा २६.८ प्रतिशत, कर्णालीमा २९.१ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९.६ प्रतिशतले संक्रमण दर बढेको पाइएको छ ।

यस्तै जिल्लागत रूपमा ५० जिल्लामा संक्रमणको दर व्यापक रूपमा फैलिएको श्रेष्ठको भनाइ छ । प्रतिलाख जनसंख्यामा २७.८ जनामा दैनिक संक्रमण छ । गतवर्ष असोजमा प्रतिदश लाख जनसंख्यामा १३१.७ जनामा दैनिक संक्रमणको दर थियो भने यसपटक जेठमै ३०७.६ जनामा संक्रमणको दर रहेको उनले बताइन् । संक्रमणको पोजिटिभ हुने दर पनि गत वर्षभन्दा यस वर्ष दोस्रो लहरले बढेको पाइएको छ । गतवर्ष २५.२ प्रतिशतमा पोजेटिभ दर र यस वर्ष ४६.७ प्रतिशत छ ।

यस वर्ष संक्रमितमध्ये १.३१ प्रतिशतको निधन र गत वर्ष ०.७५ प्रतिशतको भएको थियो । अहिले हरेक उमेर समूहमा संक्रमणको कारणले मृत्युदर बढिरहेको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x