Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

निर्यातमा ऐतिहासिक वृद्धि, १० महिनामै १ खर्ब ८ अर्ब नाघ्यो

निर्यातमा ऐतिहासिक वृद्धि, १० महिनामै १ खर्ब ८ अर्ब नाघ्यो

काठमाडौं, १० जेठ । कोरोना महामारीकै बीच मुलुबाट वस्तु तथा सेवाको निर्यातले ऐतिहासिक वृद्धि भएको छ । सरकारले १० वर्षअघि नै मुलुकको वार्षिक निर्यात १ खर्ब रुपैयाँको पुर्‍याउने लक्ष्य राखेकोमा चालू आर्थिक वर्षको १० महिना अवधिमै पूरा भएको छ ।

भन्सार विभागले आइतवार सार्वजनिक गरेको मुलुकको वैदेशिक व्यापारको १० महिनाको तथ्यांक अनुसार आवको साउनदेखि वैशाख मसान्तसम्ममा नेपालबाट कुल १ खर्ब ८ अर्ब ४७ अर्ब ९७ करोड ५६ हजार रुपैयाँ बराबरको निर्यात भएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.१९ प्रतिशतले धेरै हो । गत आवको वैशाखसम्ममा नेपालबाट ८२ अर्ब ६४ करोड ७ लाख ६९ हजार रुपैयाँ बराबरको निकासी भएको थियो ।

भन्सार विभागका अनुसार चालू आवको १० महिनामा आयात पनि उच्च अंकले बढेको छ । यस अवधिमा कुल १२ खर्ब ५४ अर्ब ११ करोड १ लाख ६९ हजार रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा २२.३४ प्रतिशतले धेरै हो । गत आवको वैशाखसम्ममा कुल १० खर्ब २५ अर्ब १३ करोड ७७ लाख ८३ करोड रुपैयाँको आयात भएको थियो ।

चालू आवको १० महिनामा नेपालको कुल १३ खर्ब ६२ अर्ब ५८ करोड ९९ लाख ३५ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । उक्त परिमाणमा वैदेशिक व्यापार हुँदा मुलुकको व्यापार घाटा पनि चुलिएको छ । तथ्यांक अनुसार १० महिनामा नेपालको व्यापार घाटा बढेर ११ खर्ब ४५ अर्ब ६३ करोड ४ लाख २३ हजार रुपैयाँ रहेको छ । मुलुकको व्यापार घाटा गत आवको भन्दा २१.४८ प्रतिशतले बढेको देखिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x