Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

प्रभु सेलेक्ट फण्ड दुई गुणाले ओधर सब्सक्राइब

प्रभु सेलेक्ट फण्ड दुई गुणाले ओधर सब्सक्राइब

काठमाडौं, १० जेठ । गत बुधबारदेखि सार्वजनिक निष्काशन भएको प्रभु सेलेक्ट फण्डको निष्कासन आइतबारबाट बन्द भएको छ । आवेदन दिने चौथो तथा अन्तिम दिन पाँच बजे सम्म फण्ड करिब दुई गुणाले ओभर सब्सक्राइब भएको जनाइएको छ।

१० करोड इकाईको माग गरिएकोमा १९ करोड ७८ लाख ५८ हजार २ सय ८० इकाईका लागि आवेदन परेको छ । ८५ हजार ५ सय ५४ जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब ८२ करोड ८५ लाख ८२ हजार रुपैयाँ बराबरको १८ करोड २८ लाख ५८ हजार २ सय ८० इकाई खरिदका लागि आवेदन परेको छ ।

प्रभु क्यापिटलले प्रति इकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब बराबरको १० करोड इकाई म्युचुअल फण्ड बिक्रीमा ल्याएको थियो । यो फण्डले १५ प्रतिशत इकाईमध्ये कोष प्रबद्र्धक प्रभु बैंक लिमिटेडलाई १४ करोड रुपैयाँ लगानी वापत १ करोड ४० लाख इकाई र कोष व्यवस्थापक प्रभु क्यापिटललाई १ करोड रुपैयाँ लगानी वापत १० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरिएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x