Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

मंगलबार शेयर बजारमा सामान्य करेक्सन

मंगलबार शेयर बजारमा सामान्य करेक्सन

काठमाडौं, ११ जेठ । लगातार उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको तेस्रो कारोबार दिन मंगलबार भने घटेर बन्द भएको छ । लगानीकर्ताहरुले नाफा बुक गर्दा नेप्से परसूचकमा भने करेक्सन आएको हो । आज नेप्से परिसूचक ६.५० अंक घटेर २८१६.५६ विन्दुमा परिसूचक बन्द भएको हो ।

आज कारोबार रकममा पनि कमी आएको छ । हिजो १३ अर्बभन्दा बढीको शेयर कारोबार भएकोमा आज कारोबार रकम घटेर ११ अर्ब १३ करोड ३३ लाख रुपैयाँमा सिमित भएको हो ।

आज २१९ कम्पनीको २ करोड ३४ लाख ६५ हजार ६७५ कित्ता शेयर खरिद विक्री भएको छ । सर्वाधिक मूल्यको शेयर कारोबार अरुण काबेली पावर लिमिटेडको भएको छ । यो कम्पनीको ३३ करोड ८३ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको शेयर मूल्य ४२१ रुपैयाँ कायम भएको छ । त्यस्तै एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पनि ३३ करोड ७ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको शेयर मूल्य १ हजार ४३२ रुपैयाँ कायम भएको छ ।

सर्वाधिक शेयर मूल्य वृद्धि बरुण हाइड्रोपावर लिमिटेडको भएको छ । यो क्रम्पनीको शेयर मूल्य ९.९५ प्रतिशतले वृद्धि भएर ४८६ रुपैयाँ कायम भएको छ ।

कारोबारमा आएका १३ वटा समूहमध्ये ६ वटा समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x