Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

लाङटाङ खोला जलविद्युत् आयोजना निर्माण शुरू, ३० महिनामा सम्पन्न हुने

लाङटाङ खोला जलविद्युत् आयोजना निर्माण शुरू, ३० महिनामा सम्पन्न हुने

रसुवा, ११ जेठ । लाङ्टाङ राष्ट्रिय निकुञ्जको भू–भागअन्तर्गत गोसाइँकुण्ड गाउँपालिका क्षेत्रमा नयाँ विद्युत् आयोजना निर्माण शुरू भएको छ । लाङ्टाङ खोलामा २० मेगावाट क्षमताको जलविद्युत् आयोजनाको निर्माण शुरू भएको हो ।

चार अर्ब पाँच करोडको लागतमा मल्टी एनर्जी हाइड्रोपावर कम्पनीमार्फत सोमवारदेखि आयोजनाको निर्माण शुरू भएको हो । लाङ्टाङ खोला जलविद्युत् आयोजना अर्ध भूमिगतको संरचना बन्ने र ३० महिनाभित्र निर्माण सम्पन्न गरिने लक्ष राखिएको उक्त कम्पनी सञ्चालक समितिका सदस्य कर्नेल तामाङलाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ । स्याफ्रूबेँसीस्थित रसुवाको पूरानो सदरमुकामदेखि दक्षिण समथर क्षेत्रमा लगिने पानीबाट विद्युत् उत्पादन गरिने बताइएको छ ।

रसुवामा हालसम्म अन्य छ जलविद्युत् आयोजना सञ्चालित रहेका छन् । उत्तरी क्षेत्रमा १११ मेगावाट रसुवागढी, १४ दशमलव ३ माथिल्लो साञ्जेन, ४२ दशमलव ८ तल्लो साञ्जेन, १२० मेगावाट भोटेकाशी, ६ मेगावाट सुपर मैलुङ र दक्षिणी भेकमा १४ मेगावाट फलाखुखोला रहेका छन् । रसुवामा सबैभन्दा ठुलो २१६ मेगावाट अपर त्रिशूली वान नामक जलविद्युत् आयोजना भने निर्माण अगाडि बढाउने तरखरमा पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x