शिखर इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत
काठमाडौं, ११ जेठ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको ३८ लाख ४० हजार २०२ कित्ता बोनस शेयर मंगलवार (आज) नेप्सेमा सूचीकृत भएको हो ।
अब यो शेयर शेयरधनीको हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् ।
कम्पनीले गत चैत ९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २७.७६९ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।