आगामी वर्ष ७० लाख नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने
काठमाडौं, १५ जेठ । आगामी वर्ष ७० लाख नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्र कार्ड वितरण गरिने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८–०७९ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन ।
आगामी वर्षदेखि विद्युतीय राजदानी लागू गरिने जनाइएको छ।
कारागारलाई सुधारगृहमा परिणत गरिने बजेटमा उल्लेख छ । यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउँदै आएको राशन खर्च १५ प्रतिशतले वृद्धि गरिएको छ ।



