Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

मुलुकको उद्योग क्षेत्रमा २२ खर्ब ४४ अर्ब लगानी

मुलुकको उद्योग क्षेत्रमा २२ खर्ब ४४ अर्ब लगानी

काठमाडौं, १९ जेठ । नेपालको उद्योग क्षेत्रमा २२ खर्ब ४४ अर्ब रुपैयाँ लगानी भएको पाइएको छ । आर्थिक सर्वेक्षण–२०७७ को तथ्यांक अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा मुलुकभरका उद्योगमा उक्त लगानी भएको हो ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको सो तथ्यांक अनुसार मुलुकका सात प्रदेशमध्ये बागमती प्रदेशका उद्योगमा सबैभन्दा धेरै लगानी रहेको छ । सो अवधिसम्ममा बागमती प्रदेशमा ८ खर्ब २२ अर्ब रुपैयाँ लगानी भएको देखिन्छ । औद्योगिक लगानीको आधारमा दोस्रो स्थानमा प्रदेश १ रहेको छ । उक्त प्रदेशका उद्योगहरूमा ५ खर्ब अर्ब रुपैयाँ लगानी भएको छ ।

औद्योगिक लगानीको तेस्रो स्थानमा रहेको गण्डकीमा ४ खर्ब ७४ अर्ब लगानी भएको छ । यसैगरी प्रदेश १ मा १ खर्ब १९ अर्ब, लुम्बिनी प्रदेशमा १ खर्ब ४२ अर्ब, कर्णाली प्रदेशमा १ खर्ब ३१ अर्ब र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम ३९ अर्ब रुपैयाँ मात्र लगानी भएको तथ्यांक छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x