काठमाडौं उपत्यकाको निषेधाज्ञा जेठ ३१ गतेसम्म जारी रहने
काठमाडौं, १९ जेठ । काठमाडौं उपत्यकामा जारी निषेधज्ञा जेठ ३१ गतेसम्म थप गर्ने निर्णय भएको छ । उपत्यकाका तीन जिल्ला अधिकारीहरुको आज बसेको बैठकले निषेधाज्ञाको अवधि जेठ ३१ गते सम्म थप गर्ने निर्णय गरेको हो । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि यही जेठ २० गते राती १२ पछि सकिँदै थियो ।
यसै गरि बैठकले किराना पसल, डिपार्टमेन्टल स्टोर र स्टेशनरी, किताव पसल विहान ९ बजे सम्म खोल्न दिने निर्णय गरेको छ । तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल बिहान ९ सम्म मात्र खोल्न दिने निर्णय गरेको छ ।
निजी तथा सार्वजनिक निर्माणको काम पनि चलाउन दिने तर, काम गर्दा काम गर्ने मानिस भित्रै बस्नु पर्ने छ । उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो ।