Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेप्से परिसूचक ५५ अंकले वृद्धि, बढी शेयर मूल्य हुने कम्पनी बन्यो राष्ट्रिय बीमा कम्पनी

नेप्से परिसूचक ५५ अंकले वृद्धि, बढी शेयर मूल्य हुने कम्पनी बन्यो राष्ट्रिय बीमा कम्पनी

काठमाडौं, १९ जेठ । बुधबार नेप्से परिसूचक ५५.७६ अंकले वृद्धि भएको छ । सोमबार र मंगलबार लगातार घटेको बजार बुधबार (आज) २.०१ प्रतिशतले वृद्धि भएर २८२७.१२ विन्दुमा रोकिएको हो । आज कारोबार रकममा पनि सुधार भएको छ । हिजो ८ अर्ब रुपैयाँको शेयर कारोबार भएकोमा आज ११ अर्ब ३५ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

२१९ कम्पनीको २ करोड २६ लाख १३ हजार २९ कित्ता शेयर खरिद विक्री भएको छ । आज पनि नेपाल पुनर्बीमा कम्पनी लिमिटेडकै बढी मूल्यको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको १ अर्ब ३७ करोड ८७ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको शेयर मूल्य १ हजार ७९० रुपैयाँ कायम भएको छ ।

सर्वाधिक शेयर मुल्य वृद्धि राष्ट्रिय बीमा कम्पनी लिमिटेड र सानिमा माइ हाइड्रोपावर कम्पनी लिमिटेडको भएको छ । यी कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशत वृद्धि भएर सबैभन्दा बढी शेयर मूल्य हुने कम्पनी बनेको छ । यो कम्पनीको शेयर मूल्य २३ हजार ५९४ रुपैयाँ कायम भएको छ । आज मात्र यो कम्पनीको शेयर मूल्य २ हजार १४४ रुपैयाँ वृद्धि भएको हो ।

कारोबारमा आएका १३ समूहमध्ये म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि फाइनान्स समूहको भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x