सिटिजन्स बैंकमा खाता हुनेले ३० दिनका लागि २ लाखसम्म ऋण पाउने
काठमाडौं, २१ जेठ । सिटिजन्स बैंकले ‘पे डे लोन’नामक नयाँ कर्जा सुविधा सार्वजनिक गरेको छ । बैंकमा तलब खाता भएका तथा बचत खाता मार्फत नियमित कारोबार गर्ने ग्राहकले ३० दिन सम्मका लागि २ लाख रुपैयाँ सम्मको ऋण मोबाइल बैंकिङ मार्फत प्राप्त गर्न सक्ने छन् ।
यो कर्जाका प्राप्त गर्नका लागि कुनै प्रकारका धितो र कागजी प्रक्रिया आवश्यक नरहेको तथा बैंकिङ शाखामा पुग्नु नपर्ने बैंकले जनाएको छ । तुरुन्त ऋण प्राप्त गर्न सकिने व्यवस्था मिलाइएकाले यसले लोकप्रिय प्राप्त गर्ने बैंकले विश्वास लिएको छ ।
हाल बैंकको १६८ शाखा, १११ एटिएम र १०९ शाखा रहित बैंकिङ मार्फत करिव १० लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ।