Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

यो साता शेयर बजारमा ३ नयाँ रेकर्ड

यो साता शेयर बजारमा ३ नयाँ रेकर्ड

काठमाडौं, २१ जेठ । साताको ५ कारोबार दिनमध्ये ३ कारोबार दिन परिसूचक वृद्धि भएर २ कारोबार दिन परिसूचक घटेको छ । यो साता शेयर बजारले ३ वटा नयाँ रेकर्ड बनाउँन सफल भएको छ । शेयर बजारमा नेप्से परिसूचक, कारोबार रकम र दैनिक खरिद विक्री हुने शेयर कित्ताले नयाँ रेकर्ड बनाएका हुन् ।

साताको पहिलो कारोबार दिन जेठ १६ गते आइतबार १७ अर्ब २ करोड रुपैयाँको शेयर कारोबार भएर कारोबार रकमले नयाँ रेकर्ड बनाएको हो । हालसम्म १७ अर्ब रुपैयाँको शेयर कारोबार कुनै पनि दिन भएको छैन् । यो दिन नेप्से परिसूचक १२.५४ अंकले वृद्धि भएको थियो ।

त्यस्तै साताको अन्तिम करोबार दिन जेठ २० गते बिहीबार दुई वटा नयाँ रेकर्ड कायम भएका छन् । यो दिन परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेर बन्द भएको छ । बिहीबार परिसूचक २८५६.७६ विन्दुमा पुगेर रोकिएको छ । यो हालसम्मकै उच्च विन्दु हो । यो दिन ३ करोड ४६ लाख ९१ हजारभन्दा बढी कित्ता शेयर खरिद विक्री भएर नयाँ रेकर्ड कायम भएको छ । यो संख्यामा शेयर खरिद विक्री भएको हालसम्मको पहिलो रेकर्ड हो । बिहीबार १६ अर्ब ९० करोड रुपैयाँको शेयर कारोबार भएको थियो ।

त्यसैगरी साताको सोमबार र मंगलबार भने शेयर बजार घटेको थियो । सोमबार ४५.२५ प्रतिशतले घटेको बजारमा १३ अर्ब ९० करोड रुपैयाँको शेयर कारोबार भएको थियो । त्यस्तै मंगलबार पनि बजार ११.६८ अंकले घटेको थियो । यो दिन कारोबार रकम भने ८ अर्ब ५९ करोड रुपैयाँ रहेको थियो । यो रकम साताकै सबैभन्दा कम हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x