Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

निषेधाज्ञाको एक महिनामै भित्रियो ३ लाख मेटनभन्दा बढी उपभोग्य वस्तु

निषेधाज्ञाको एक महिनामै भित्रियो ३ लाख मेटनभन्दा बढी उपभोग्य वस्तु

काठमाडौं, २२ जेठ । भयावह रूपमा बढ्दो कोभिड नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञा अवधिमा पनि मुलुकमा उपभोग्य वस्तुको आयात भने सामान्य अवस्थाकै परिमाणमा भइरहेको पाइएको छ । अत्यावश्यक सेवामा पर्ने भएकाले यस्ता वस्तुको आयात तथा विक्रीवितरणमा निषेधाज्ञाले असर पारेको छैन ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार निषेधाज्ञा शुरू भएयता हालसम्ममा नेपालमा ३ लाख मेट्रिक टन (मेटन) भन्दा बढी उपभोग्य वस्तुको आयात भएको छ । मन्त्रालयको तथ्यांक अनुसार वैशाख १६ देखि गत बिहीवार (जेठ १९) गतेसम्ममा कुल ३ लाख ३४ हजार ७८९ मेटन उपभोग्य वस्तु भित्रिएको हो । यस्ता वस्तुमा खाद्यान्न, तरकारी, दलहल÷गेडागुडी, फलफूल र दुग्ध पदार्थ रहेका छन् ।

सो अवधिमा खाद्यान्न सबैभन्दा बढी कुल २ लाख ४३ हजार मेटन आयात भएको छ । यसैगरी ३९ हजार ९६० मेटन तरकारी, २५ हजार ५७५ मेटन दलहन÷गेडागुडी, २७ हजार ५१६ मेटन फलफल र सबैभन्दा कम २१२ मेटन दुग्ध पदार्थको आयात भएको मन्त्रालयको तथ्यांक छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x