Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

९३ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच, कर्णाली प्रदेशमा सबैभन्दा कम

९३ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच, कर्णाली प्रदेशमा सबैभन्दा कम

काठमाडौं, २२ जेठ । विद्युत् उत्पादन र उपभोगलाई प्रोत्साहन गर्ने सरकारको नीतिपछि यसको परिमाण तथा पहुँच बढ्दै गएको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणको तथ्यांकलाई आधार मान्दै अर्थ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनले मुलुकको जनसंख्याको ९३ प्रतिशतमा विद्युत् (वैकल्पिक ऊर्जासहित) पहुँच पुगेको छ । यो गत फागुन महिनासम्मको तथ्यांक हो । गत आर्थिक वर्षमो यो ९० प्रतिशत थियो ।

विद्युत् उत्पादन, पहुँच विस्तार र समग्र ऊर्जा क्षेत्रको प्रवद्र्धनका लागि सरकारले २०७५ देखि २०८५ सालसम्मलाई ‘ऊर्जा तथा जलस्रोत दशक’ घोषणा गरी ऊर्जा विकासको आवधिक मार्गचित्र कार्यान्वयनमा ल्याएको छ ।

प्रतिवेदनका अनुसार गत फागुनसम्ममा विद्युत् उपभोग गर्ने ग्राहको संख्या १०.९७ प्रतिशतले वृद्धि भएर ५९ लाख ९३ हजार (सामुदायिक संस्थाबाहेक) पुगेको छ । गत आर्थिक वर्षसम्ममा विद्युत् उपभोग गर्ने ग्राहकको संख्या ४५ लाख रहेको थियो ।

प्रदेशगत रूपमा विद्युत्को पहुँच बागमती प्रदेशमा सबैभन्दा धेरै छ । यो प्रदेशमा विद्युत्को पहुँच ९९.०५ प्रतिशत रहँदा सबैभन्दा कम भने कर्णाली प्रदेशमा ३४.७५ प्रतिशत मात्र रहेको छ । विद्युत् पहुँच ९० प्रतिशतभन्दा धेरै हुने प्रदेशहरूमा प्रदेश नं २, गण्डकी र लुम्बिनी रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x