Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

कोभिड संक्रमणबाट निको हुने दर बढ्यो

कोभिड संक्रमणबाट निको हुने दर बढ्यो

काठमाडौं, २३ जेठ । पछिल्ला दिनहरूमा कोरोना संक्रमणबाट निको हुने दर बढ्दै गएको छ । एक हप्ताअघिसम्म दैनिक रूपमा संक्रमणमुक्त हुनेको तुलनामा संक्रमितको संख्या बढी रहने गरेकोमा हालैका दिनहरूमा संक्रमितभन्दा निको हुनेहरू धेरै हुन थालेका हुन् ।

नेपालमा हालसम्म कुल ५ लाख ८५ हजार १०० कोरोना सङ्क्रमित भएकोमा ४ लाख ८४ हजार ३७३ जना निको भएका छन् । यस आधारमा कुल निको हुने दर ८२.८ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा पनि कोरोनाबाट संक्रमित हुने भन्दा निको हुनेको संख्या बढी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल १६ हजार ८१४ नमूना परीक्षण गरिएकोमा पाँच हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसैगरी निको हुनेको संख्या ८ हजार २४३ छ । यस आधारमा क्रमशः निको हुनेको संख्यामा बढोत्तरी भएको छ । कोरोना संक्रमणबाट हालसम्म कुल ७ हजार ७९९ जनाको निधन भएको छ ।
काठमाडौं उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा १३ हजार १५९ सक्रिय संक्रमित छन् । एक लाख ७८ हजार ६६२ जना निको भएका छन् भने एक हजार ६७६ जनाको निधन भएको छ । यस्तै, भक्तपुरमा तीन हजार ७६७ जना सक्रिय संक्रमित छन् भने १६ हजार ५९४ जना निको हुँदा ३३४ जनाको ज्यान गएको छ । ललितपुरमा पाँच हजार ११८ जना सक्रिय सङ्क्रमित रहँदा २९ हजाार ६६ जना निको भइसकेका छन् । कोरोनाबाट जिल्लामा ४७४ जनाको ज्यान गएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x