Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

शेयर बजारमा एकै दिन तीन नयाँ रेकर्ड

शेयर बजारमा एकै दिन तीन नयाँ रेकर्ड

काठमाडौं, २३ जेठ । आइतबार (आज) शेयर बजारमा तीन नयाँ रेकर्ड कायम भएका छन् । आज नेप्से परिसूचक, कारोबार रकम र शेयर खरिद विक्री कित्ताले नयाँ रेकर्ड कायम गरेका हुन् । आज नेप्से परिसूचक २९०६.८९ विन्दुमा पुगेर बन्द भएको छ । यो हालसम्मकै उच्च विन्दु हो । आज परिसूचक ५०.१३ अंकले वृद्धि भएको छ ।

आज १७ अर्ब २७ करोड १७ लाखभन्दा बढीको शेयर कारोबार भएको छ । यो हालसम्मकै उच्च करोबार हो । त्यस्तै आज २१८ कम्पनीको ३ करोड ७४ लाख ५५ हजारभन्दा बढी कित्ता शेयर खरिद विक्री भएको छ । यो हालसम्मकै सबैभन्दा बढी कित्ता शेयर खरिद विक्री भएको दिन हो ।
यस अघिका विहीबार र आइतबार नयाँ रेकर्ड कायम भएका थिए । आइतबार १७ अर्ब २ करोडभन्दा बढीको शेयर कारोबार भएर नयाँ रेकर्ड कायम भएको थियो भने बिहीबार ३ परिसूचक २८५६ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम भएको थियो । त्यस्तै बिहीबार नै ३ करोड ४६ लाख ९ १ हजारभन्दा बढी कित्ता शेयर खरिद विक्री भएको थियो ।

आज सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेपाल पुनर्बीमा कम्पनीको भएको छ । यो कम्पनीको १ अर्ब २१ करोड १४ लाखभन्दा बढी मूल्यको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको शेयर मूल्य १ हजार ८७५ रुपैयाँ कायम भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x