Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

कुमारी बैंकको कार्ड र ‘कुमारी स्मार्ट’ प्रयोगकर्ताले टेलेउपचारमा १० प्रतिशत छुट पाउँने

कुमारी बैंकको कार्ड र ‘कुमारी स्मार्ट’ प्रयोगकर्ताले टेलेउपचारमा १० प्रतिशत छुट पाउँने

काठमाडौं, २३ जेठ । कुमारी बैंक लिमिटेड तथा टेलेउपचार डटकमबीच व्यवसायिक सहकार्य गर्ने समझदारी भएको छ । यस सम्झौताअन्तर्गत कुमारी बैंक लिमिटेडका ग्राहकवर्गहरूले टेलेउपचार डटकमको सेवा प्राप्त गरी कुमारी बैंक लिमिटेडको डिजिटल उपकारण प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । कुमारी बैंक लिमिटेडको आधिकारिक एप “कुमारी स्मार्ट” वा कुमारी बैंक लिमिटेडको कार्ड प्रयोग गरी भुक्तानी गर्दा बैंकमा खाता भएका ग्राहकहरूलाई टेलिउपचार डटकमबाट १० प्रतिशत छुट प्रदान गरिने बताइएको छ ।

टेलेउपचारमा सुरक्षित रूपमा आफूले रोजेका डक्टर वा चिकित्सकहरूसँग अनलाइन परामर्श लिन सकिने छ । टेलेउपचारको वेबसाइट वा मोबाइल एपबाट डाक्टरहरूसँग समय लिई छिटोभन्दा छिटो स्वास्थ्य सेवा प्राप्त गर्न सकिन्छ । अहिलेको कोभिड महामारीको विषम परिस्थितिमा सम्पूर्ण ग्राहकवर्गहरुलाई सम्पूर्ण स्वास्थ्य मापदण्ड पालना गरी सुरक्षित रहन अनुरोध गर्र्दै बैैंकका ग्राहकहरुले भौतिक उपस्थिति बिना सहज र सुरक्षित स्वास्थ्य सेवा लिन यो सुविधाबाट सहयोग पुग्नेमा बैंक विश्वस्त रहेको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९४ शाखा कार्यालय, १६५ एटीएम, २६ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x