सामाजिक सुरक्षा कोषमा खल्ती डिजिटल वालेटबाट सिधै भुक्तानी गर्न सकिने
काठमाडौं, २३ जेठ । सामाजिक सुरक्षा कोषमा आवद्ध संगठित संस्थाहरूले खल्ती डिजिटल वालेटमार्फत सिधै रकम जम्मा गर्न सक्ने भएका छन् । खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भुर्तेल र सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार सामाजिक सुरक्षा कोषमा सरकारी र प्राइभेट कार्यालयमा कार्यरत दुबै किसिमका कर्मचारीहरुले तोकिएको रकम जम्मा गर्न सक्ने छन् । उक्त रकम हरेक महिनाको १५ गतेभित्र भुक्तानी गरिसक्नु पर्ने छ । नतिरेको अवस्थामा कुनै कर्मचारीले आफ्नो कोषको रकम दावी गरेमा संगठनलाई निश्चित रकम जरिवाना लाग्ने बताइएको छ ।
कोषमा आवद्ध संस्थाहरुले घरमै बसी सजिलै रकम भुक्तानी गर्न सक्ने सुविधाले भुक्तानी प्रक्रियालाई सरल र सहि बनाउन थप टेवा पुग्नेछ विश्वास लिइएको छ ।