राष्ट्रिय आविस्कार केन्द्रलाई नेपाल हस्तकला महासंघको १ लाख आर्थिक सहयोग

काठमाडौं, २३ जेठ । नेपाल हस्तकला महासंघले राष्ट्रिय आविस्कार केन्द्रलाई १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । जनहितकारी कार्यमा संलग्न रहदै आएको राष्ट्रिय आविस्कार केन्द्रबाट कोभिड–१९ बाट संक्रमित विरामीहरुको निमित्त संचालित विभिन्न कार्यहरुको उच्च सम्मान गर्दै उक्त कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले केन्द्रलाई आर्थिक सहयोग गरिएको महासंघले बताएको छ ।

उल्लेखित सहयोग केन्द्रको नाममा रहेको ग्लोबल आइएमई बैंक नयाँबानेश्वर शाखाको खातामा जम्मा गरिएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *