Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

निषेधाज्ञाकै बीच बढ्यो वाणिज्य बैंकहरूको निक्षेप र कर्जा परिचालन

निषेधाज्ञाकै बीच बढ्यो वाणिज्य बैंकहरूको निक्षेप र कर्जा परिचालन

काठमाडौं, २३ जेठ । कोभिड संक्रमणको दोस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि हाल देशभर निषेधाज्ञा लागू गरिएको छ । निषेधाज्ञाका कारण सबैजसो गतिविधि ठप्पप्रायः रहिरहेका बेला वाणिज्य बैंकहरूको व्यवसायमा भने यसको असर परेको देखिएको छैन । निषेधाज्ञाको अप्ठ्यारो परिस्थितिकै बीच वाणिज्य बैंकहरू निक्षेप संकलन र कर्जा परिचालन बढाउन सफल भएका छन् ।

नेपाल राष्ट्र बैंकले आइतवार प्रकाशित गरेको बैंक तथा वित्ती संस्थाहरूको कारोबारको अद्यावधिक तथ्यांक अनुसार वाणिज्य बैंकहरूको निक्षेप संकलन एक महिनाअघि (वैशाख २३ गते)को तुलनामा ५ अर्बले वृद्धि भएको छ । यससँगै वाणिज्य बैंकहरूको कुल निक्षेप संकलन ३९ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको छ ।

यसैगरी सोही अवधिमा कर्जा प्रवाहमा पनि ३ अर्बले बढेर कुल कर्जा परिचालन ३६ खर्ब ३२ अर्ब रुपैयाँ कायम भएको राष्ट्र बैंकको तथ्यांक छ । यद्यपि गत महिनाको तुलनामा बैंकहरूको कर्जा पूँजी निक्षेप अनुपात (सीसीडी) रेशिया भने ०.१२ प्रतशितले खुम्चिएर ७८.७८ प्रतिशत कायम रहेको छ ।

राष्ट्र बैंकका अनुसार समग्र बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन भने ४४ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ, जुन गत महिनाको यसै अवधिको तुलनामा ५ अर्ब रुपैयाँले बढी हो । यस्तै वाणिज्य बैंक बाहेकका बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन र कर्जा परिचालन क्रमशः ५ खर्ब १५ अर्ब र ४ खर्ब ५२ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x