Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

बिहीवार शेयरबजारमा झीनो ह्रास, कारोबार रकम १६ अर्बभन्दा बढी

बिहीवार शेयरबजारमा झीनो ह्रास, कारोबार रकम १६ अर्बभन्दा बढी

काठमाडौं, २७ जेठ । बिहीवार शेयर बजार झीनो अंकले घटेको छ । परिसूचक १.८० अंकले घटेर २ हजार ९४४.७८ विन्दुमा आइपुगेको छ ।

बिहीवार ठूला कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्स भने २.५९ अंक बढेर ५२७ दशमलव ८७ विन्दुमा पुगेको छ । यस दिन २२० कम्पनीको १ लाख ५५ हजार ६९० पटक शेयर किनबेच हुँदा १६ अर्ब १० करोडभन्दा बढीको कारोबार भएको छ ।

यस दिन सर्वाधिक कमाउनेमा पाँचथर पावर कम्पनीका लगानीकर्ता रहेका छन् । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो । यस्तै शिवश्री हाइड्रोपावरको शेयर पनि करिब १० प्रतिशतले नै बढेको छ ।

यस्तै सर्वाधिक गुमाउनेमा भने बोटलर्स नेपाल (तराई) लिमिटेडका लगानीकर्ता रहेका छन् । कम्पनीको शेयरमूल्य ३.९५ प्रतिशतले घटेको छ । यस्तै धेरै गुमाउने दोस्रोमा रुरु जलविद्युत् परियोजना लिमिटेड रहेको छ, जसको शेयरमूल्य ३.२० प्रतिशतले ह्रास आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x