Date

मङ्ल, असार ३१, २०८२
Tue, July 15, 2025

भक्तपुरका दुई नगरपालिकालाई भक्तपुर उवासंघको सहयोग

भक्तपुरका दुई नगरपालिकालाई भक्तपुर उवासंघको सहयोग

काठमाठौं, २७ जेठ । भक्तपुर उद्योग वाणिज्य संघले चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकालाई २÷२ थान अक्सिजन कन्सन्ट्र«ेटर सहयोग गरेको छ । संघका अध्यक्ष प्रदिप श्रेष्ठले उक्त अक्सिजन कन्सन्ट्रेटर चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्र र सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापालाई हस्तान्तरण गरेका हुन् ।

कोभिड १९ को महमारीले ल्याएको संकटसित जुध्न भक्तपुर उद्योग वाणिज्य संघको सहयोगले मद्दत र राहत मिलेको दुवै नगरपालिकाका मेयरहरूले बताए ।

सोही अवसरमा अध्यक्ष श्रेष्ठले महामारीको समयमा यहाँका नगरबासीहरुको जीवन रक्षाको लागि तथा कोभिड १९ को प्रकोप नियन्त्रण गर्न नगरपलिकाहरुले खेलेको भूमिका तथा आइसोलेसन केन्द्रको समयमै प्रभावकारी सञ्चालनले यहाँका स्थानीय जनताको स्वास्थ्यमा परेको सकारात्मक प्रभावको सराहना गरे ।

उक्त अवसरमा संघका वरिष्ठ उपाध्यक्ष शिवप्रसाद मानन्धर, उपाध्यक्ष कृष्ण मुरारी न्यौपाने, महासचिव रोशनी मैंया धौबञ्जा, कार्य समिति सदस्य विश्व राम दुवाल र सचिन्द्र प्रधानांगको पनि उपस्थिति थियो । भक्तपुर उद्योग वाणिज्य संघलाई अक्सिजन कन्सन्ट्रेटरहरु जोया फाउण्डेशन काठमाडौंको सौजन्यबाट प्राप्त भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *