Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

रिचार्जरले बजारमा ल्यायो पोर्टेबल अक्सिजन ब्याग

रिचार्जरले बजारमा ल्यायो पोर्टेबल अक्सिजन ब्याग

काठमाडौं, २७ जेठ । ई–कमर्श प्लेटफर्म रिचार्जरले कोरोनाका साथै अन्य आकस्मिक बिरामीका लागि लक्षित गर्दै पोर्टेबल अक्सिजन ब्याग बजारमा ल्याएको छ । कोभिड सम्बन्धी विभिन्न किसिमका सामान उपलब्ध गराउँदै आएको कम्पनीले अक्सिजन ब्यागको समेत विक्री वितरण शुरू गर्न लागेको हो ।

जेठ २८ गते शुक्रवार दिउँसो २ बजेदेखि ५ बजेसम्म रिचारजर एपमा उक्त व्याग खरिदका लागि बुकिङ तथा अर्डर गर्न सकिने कम्पनीले जनाएको छ । उक्त अवधिमा बुकिङ गर्नेहरुलाई पोर्टेबल अक्सिजन २ हजार रुपैंयाको दरमा उपलब्ध हुनेछ । उक्त अवधिमा रिचार्जरका प्रयोगकर्ताले ५०० देखि ५ हजारसम्म क्यास प्वाइन्ट रिडिम गर्न सक्ने छन् ।

१ लिटर क्षमताको उक्त पोर्टेबल व्यागले ४५ मिनेटदेखि १ घण्टासम्मका लागि बिरामीलाई अक्सिजन उपलब्ध गराउने छ । उक्त अवधिमा बिरामीलाई अस्पताल पुर्याउन पोर्टेबल अक्सिजनले सधाउ पुर्याउनेछ । एक पटक अक्सिजन सकिए पछि अक्सिजन सिलिन्डर वा अक्सिजन रिफिल गर्ने ठाउँबाट ब्यागमा फेरी भरेर प्रयोग गर्न सकिन्छ । यसका लागि पनि पूर्ण रिफिल गर्न सकिन्छ ।
रिचार्जरले १० लिटर क्षमताको अक्सिजन सिलिण्डर ९ हजार ९९९ रुपैयाँमा उपलब्ध गराउनेछ भने सर्जिकल मेल्टबोन मास्क ३ रुपैंयाका साथै अन्य वस्तुहरु सहुलियत मूल्यमा उपलब्ध गराइने कम्पनीले बताएको छ ।

गुगल प्ले तथा एप्पलको एपस्टोरबाट रिचार्जर डाउनलोड गरी खाता खोल्दा १ हजार क्यास प्वाइन्ट पाइनेछ । सामान खरिद गर्दा यस्तो क्यास प्वाइट रिडिम गरी ५ देखि १० प्रतिशतसम्म छुट पाउन सकिने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x