Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

८३ प्रतिशत जनसंख्यामा पुग्यो इन्टरनेट पहुँच

८३ प्रतिशत जनसंख्यामा पुग्यो इन्टरनेट पहुँच

काठमाडौं, ३० जेठ । नेपालको जनसंख्याको करिब ८३ प्रतिशतमा इन्टरनेटको पहुँच पुगेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार एक वर्षमै इन्टरनेट पहुँच १० प्रतिशतले बढेको छ । मन्त्रालयको तथ्यांक अनुसार गत आर्थिक वर्षको फागुनसम्ममा कुल जनसंख्याको ७३ प्रतिशतमा इन्टरनेट पहुँच कायम रहेको चालू आवको सोही अवधिमा बढेर ८२.८ प्रतिशत पुगेको हो ।

सोही अवधिमा टेलिफोन घनत्व (मोबाइल तथा फिस्ड लाइन) भने १३० प्रतिशत रहेको छ । गत आर्थिक वर्षमा यो १२६.७ प्रतिशत रहेको मन्त्रालयको तथ्यांक छ ।

मन्त्रालयको तथ्यांक अनुसार चालू आवको ८ महिना अवधिमा नेपालमा कुल ३ करोड ८२ लाख १२ हजार ८०० मोबाइल प्रयोगमा रहेका छन् । गत आवको सोही अवधिमा यो संख्या ३ करोड ७० लाख ७३ हजार ६६२ थियो । फिस्ड टेलिफोनका ग्राहक भने घटेका छन् । गत आवमा यो सेवाका ग्राहक संख्या ७ लाख ८३ हजार ४२९ रहेकोमा चालू आवमा घटेर ७ लाख २५ हजार ५१५ मा सीमित भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x