Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

केही खुकुलो बनाउँदै एक साता थपियो उपत्यकाको निषेधाज्ञा

केही खुकुलो बनाउँदै एक साता थपियो उपत्यकाको निषेधाज्ञा

काठमाडौं, ३० जेठ । काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि पटक पटक थपिँदै कायम राखिएको निषेधाज्ञा थप एक हप्ता लम्ब्याइएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुखहरूको आइतवारको बैठकले निषेधाज्ञा केही खुकुलो बनाउँदै असार पहिलो हप्तासम्मका लागि लागू गर्ने निर्णय गरेका हुन् ।

पछिल्लो समय कोरोना संक्रमण तथा मृत्यदर घट्दै गएको र निको हुने दर बढ्दै गएको अवस्थालाई ध्यानमा राख्दै केही क्षेत्र खुला गर्ने र केही क्षेत्र सञ्चालनको समयावधि बढाउने निर्णय समेत जिल्ला प्रमुखहरूको संयुक्त बैठकले गरेको छ, जसअनुसार थपिएको निषेधाज्ञा अवधिमा बिहान ११ बजेसम्म पाठ्यपुस्तक पसल खोल्न पाइनेछ ।

यसैगरी हाल बिहान ९ बजेसम्म खुल्दै आएका खाद्यान्न तथा तरकारी पसल बिहान ११ बजेसम्म खोल्न दिने निर्णय गरिएको छ । निर्माण सामग्री (हार्डवेयर)का पसल साँझ ४ बजेपछि खोल्न पाइनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x