Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

आधा पनि भएन पूँजीगत खर्च, १ महिनामा करिब ६० प्रतिशत खर्चनुपर्ने चुनौती

आधा पनि भएन पूँजीगत खर्च, १ महिनामा करिब ६० प्रतिशत खर्चनुपर्ने चुनौती

काठमाडौं, १ असार । चालू आर्थिक वर्ष सकिन १ महिना मात्र बाँकी रहँदा सरकारको पूँजीगत खर्च प्रगति भने आधा पनि पुग्न सकेको छैन । विकास लक्षित पूँजीगत बजेट खर्च हुनै सकस पर्ने विगतकै परिपाटी दोहोरिँदा यस वर्ष पनि उपलब्धि निराशाजनक देखिएको हो ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आर्थिक वर्षका ११ महिना बित्दा विनियोजित पूँजीगत बजेटको ४०.५४ प्रतिशत मात्र खर्च हुन सकेको छ । उक्त तथ्यांकलाई आधार मान्दा अबको बाँकी एक महिनामा करीब ६० प्रतिशत बजेट कार्यान्वयन गर्नुपर्ने चुनौती सरकारसामु छ ।

जेठ मसान्तसम्मा सरकारको पूँजीगत बजेट १ खर्ब ४३ अर्ब ८ करोड ९४ लाख रुपैयाँ खर्च भएको छ । चालू आवमा पूँजीगततर्फ सरकारले ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

सोही अवधिमा चालू खर्च भने करिब ७४ प्रतिशत रहेको महालेखाको तथ्यांकले देखाएको छ । आवको ११ महिनामा चालूतर्फ ७ खर्ब ६१ करोड ४१ लाख रुपैयाँ खर्च भएको छ । यस वर्ष चालू खर्चतर्फ कुल ९ खर्ब ४८ अर्ब ९४ करोड ६ लाख रुपैयाँ छुट्याइएको थियो ।

यसैगरी वित्तीय व्यवस्थातर्फ भने ११ महिनामा ४२.३४ प्रतिशत प्रगति भएको छ । वित्तीय व्यवस्थातर्फको कुल १ अर्ब ७२ अर्ब ७८ करोड ७३ लाख रुपैयाँमध्ये हालसम्म ७१ अर्ब १५ करोड रुपैयाँ खर्च भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x