Date

शुक्र, कार्तिक १४, २०८२
Fri, October 31, 2025

मौद्रिक नीतिका लागि सुझाव माग

मौद्रिक नीतिका लागि सुझाव माग

काठमाडौं, ४ असार । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७८–०७९ को मौद्रिक नीतिमा समेट्नपर्ने विषयमा सुझाव मागेको छ। राष्ट्र बैंकले बिहीवार सूचना जारी गर्दै इमेलमार्फत सुझाव दिन सम्बद्ध सरोकारवालालाई भनेको छ ।

गतवर्षझैं साउन पहिलो सातातिर मौद्रिक नीति सार्वजनिक गर्ने गरी केन्द्रीय बैंकले सुझाव संकलन सुरू गरेको आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले बताए। सम्बद्ध बैंक तथा वित्तीय संस्थाका संघसंगठन, व्यावसायिक संघसंगठनलगायत सबै सरोकारवालाले असार मसान्तसम्म आवश्यक लिखित सुझाव पेश गर्नुपर्ने छ ।

आवश्यक सुझाव राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको इमेल ठेगानामा पठाउन सकिने बताइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *