Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

वाणिज्य बैंकहरुले जेठमा ३६ अर्ब निक्षेप संकलन र ३५ अर्ब कर्जा प्रवाह गरे

वाणिज्य बैंकहरुले जेठमा ३६ अर्ब निक्षेप संकलन र ३५ अर्ब कर्जा प्रवाह गरे

काठमाडौं, ४ असार । निषेधाज्ञाका बीच पनि जेठ महिनामा वाणिज्य बैंकको निक्षेप संकलन ३६ अर्ब रुपैयाँले बढेको छ । बैंकर्स संघका अनुसार जेठ मसान्तसम्ममा वाणिज्य बैंकहरुले ३९ खर्ब ९१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

वैशाखसम्म बैंकहरुले ३९ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए ।

यस्तै जेठमा बैंककहरुको कर्जा प्रवाह पनि बढेको छ । बैंकको कर्जा लगानी ३५ अर्ब रुपैयाँले बढेर ३६ खर्ब ४६ अर्ब रुपैयाँ कर्जा रुपैयाँ पुगेको छ । वैशाखसम्म बैंकले ३६ खर्ब ११ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x