Date

शुक्र, कार्तिक १४, २०८२
Fri, October 31, 2025

धितोपत्र बोर्डको विज्ञप्तीप्रति इपानको आपत्ति

धितोपत्र बोर्डको विज्ञप्तीप्रति इपानको आपत्ति

काठमाडौं, ४ असार । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले नेपाल धितोपत्र बोर्डले वास्तविक अवस्थाको ख्याल नै नगरी विभिन्न जलविद्युत् कम्पनीको शेयर कारोबारमा जोखिम रहेको भनी सार्वजनिक गरेको प्रतिवेदनप्रति आपत्ति जनाएको छ । इपानले जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि मात्रै आम्दानी विस्तारै बढेर जाने तथा प्रतिशेयर मूल्य आम्दानी र प्रतिशेयर नेटवर्थ वृद्धि हुने उल्लेख गरेको छ ।

इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले सरकार, नेपाल राष्ट्र बैंकको सकारात्मक पहलपछि अन्य कम्पनीहरूको जस्तै जलविद्युत् कम्पनीको शेयर मूल्यमा वृद्धि भएको तथ्यलाई बोर्डले ख्याल नगरेको बताए । बोर्डले यही असार १ गते विभिन्न ५१ वटा कम्पनीको शेयरमा लगानी गर्नु जोखिमपूर्ण रहेको भन्दै अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो । त्यसमा २० वटा जलविद्युत् कम्पनी छन् ।

जलविद्युत क्षेत्रमा गलत भएका कुनै पनि विषयलाई सुधार गरेर जान इपान बोर्डलाई सहयोग गर्न तयार रहेको विज्ञप्तिमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *