Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एक सातामा सुनको मूल्य ३७०० घट्यो, आज कतिमा कारोबार ?

एक सातामा सुनको मूल्य ३७०० घट्यो, आज कतिमा कारोबार ?

काठमाडौं, ४ असार । पछिल्लो समय सुनको मूल्य लगातार ओरालो लागि रहेको छ । पछिल्लो एक सातालाई हेर्ने हो भने सुनको मूल्य ३ हजार ७०० रुपैयाँ घटेको छ । एक हप्ता अघि जेठ २८ गते प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार (आज) प्रतितोला ९० हजार ८०० रुपैयाँमा खरिद विक्री भइरहेको छ । यो हिजोको तुलनामा १ हजार २०० रुपैयाँले कमी हो । हिजो (बिहीबार) प्रतितोला ९२ हजार रुपैयाँमा सुन खरिद विक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै एक हप्ताको विवरण हेर्दा जेठ ३० गते सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो भने जेठ ३१ गते ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । असार एक गते ९३ हजार २०० रुपैयाँमै कारोबार भएको सुन २ गते १०० रुपैयाँ घटेर कारोबार भएको थियो । ३ गते (हिजो) प्रतितोला १ हजार १०० रुपैयाँ घटेर कारोबार भएको महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदी पनि घटेर कारोबार भइरहको छ । हिजा प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर १ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजोको तुलनामा चाँदी ३५ रुपैयाँ घटेर कारोबार भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x