नेपाल पुनर्बीमाद्वारा २० प्रतिशत लाभांस दिने प्रस्ताव

काठमाडौं, ८ असार । नेपाल पुनर्बीमा कम्पनीले २० प्रतिशत बोनस शेयर दिन पप्रस्ताव गरेको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले ल कायम चुक्ता पूँजीको १६.५ प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांस प्रदान गर्ने प्रस्ताव गरेको हो । कम्पनीले पहिलो पटक लाभांस घोषणा गरेको हो । अहिलेसम्मको सञ्चित मुनाफाबाट उक्त लाभांस प्रस्ताव गरिएको कम्पनीले जनाएको छ ।
हाल कम्पनीको चुक्तापूँजी १० अर्ब रुपैयाँ रहेको छ । प्रस्तावित बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी ११ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ ।