मंगलबार सुनको मूल्य तोलामा ६०० बढ्यो

काठमाडौं, ८ असार । स्थानीय बजारमा मंगलबार सुनको मूल्य प्रतितोला६०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३०० रुपैयाँमा खरीदविक्री भइरहेको महासंघले जनाएको छ ।