३६.५ प्रतिशत लाभांश र हकप्रद प्रस्ताव पारित गर्न राधीको साधारण सभा असार २९ मा

काठमाडौं, ८ असार । राधी विद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कर बाहेक ३६.५ प्रतिशत बोनश शेयर वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैंठकले असार २९ गते केन्द्रिय कार्यालय, त्रिपुरेश्वरमा उक्त बोनस शेयर सहित हकप्रद शेयर निष्कानन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा डाकेको हो।
सभाले चुक्ता पूँजीको १४७.५२ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै नियामक निकायहरुको निर्देशनमा प्रबन्धपत्र तथा नियमावलीका प्रस्ताववित संशोधनहरुमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ।