Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

निषेधाज्ञा थप खुकुलो भएसँगै बढ्यो उपत्यकामा चहलपहल

निषेधाज्ञा थप खुकुलो भएसँगै बढ्यो उपत्यकामा चहलपहल

काठमाडौं, ८ असार । काठमाडौं उपत्यकामा कोभिड संक्रमणको चेन ब्रेक गर्न गत वैशाख १६ गते लागू गरेर पटक पटक थपिँदै आएको निषेधाज्ञा आज (मंगलवार)देखि थप खुकुलो भएको छ । संक्रमण दर उल्लेख्य घटेसँगै उपत्यकामा तीनओटै जिल्ला प्रमुखरूको बैठकले थप खुकुलो बनाउँदै निषेधाज्ञा एक हप्ता थप्ने निर्णय गरेको थियो । निजी सवारीसाधनमा जोरबिजोर प्रणालीमा सञ्चालन हुनुका साथै पसल व्यवसायमा समेत सहज भएपछि उपत्यकामा आर्थिक व्यावसायिक चहलपहल समेत बढेको छ ।

प्रशासनले विभिन्न वार तोकेर सञ्चालन गर्ने अनुमति दिए अनुसार पसलहरू खुलेका छन् । यस्तै साना सवारी साधन (कार जीप, भ्यानमा बढीमा चार जना), ट्याक्सीमा तीन जना रहने गरी र मोटरसाइकल, स्कुटरमा जोरबिजोर प्रणाली लागू गरिएकोमा अन्य दिनको तुलनामा सडकमा सवारीसाधनको चाप बढेको छ ।

प्रशासनले तोकेको नियम अनुसार आज (मंगलवार) सुन पसल, भाडा, भान्साजन्य, विद्युतीय, घरायसी सामग्री, अटोमोबाइल, शोरूम अटोमोबाइल पार्ट्स पसल, इलेक्ट्रोनिक्स पसल समेत सञ्चालनमा आएका छन् । बैठकले यस्ता पसल आइतवार, मंगलवार र बिहीवार बिहान ११ देखि अपराह्न ४ बजेसम्म खोल्न अनुमति दिइएको छ ।

निर्माणजन्य सामग्रीको पसल (हाडवेयर्स, बिजुलीका सामान, स्यानिटरी, टायल, मार्बल, फर्निचर, कार्पेट) दैनिक बिहान ११ देखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने व्यवस्था अनुसार पसलहरू खुलेका छन् । ठूलो परिमाणको ढुवानी भने राति मात्र गर्न भनिएको छ ।

अत्यावश्यक वस्तुको अनलाइन तथा टेकअवे सेवा होमडेलिभरी प्रयोजनका लागि काठमाडौं उपत्यकामा साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने छ । सवारी मर्मतका पसल साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न भनिएको छ । विवाह, व्रतबन्धका कार्य बढीमा १० जनासम्म स्वास्थ्य मापदण्ड अपनाएर घर वा बसेको ठाउँँमा गर्न पाइनेछ ।

प्रशासनले जारी गरेको आदेशमा शैक्षिक संस्था अनलाइनमार्फत सञ्चालन गर्न सकिने छ । वैदेशिक अध्ययनमा जानुपर्ने विद्यार्थी वा इडिभी परेका व्यक्ति र कूटनीतिक नियोगबाट सञ्चालन हुने परीक्षा तथा भिसा अन्तरवार्ता कार्यका लागि तोकिएको मापदण्ड पालना गरी सञ्चालन गर्न सकिनेछ । उद्योग, कलाकारखाना तथा सार्वजनिक र निजी निर्माणकार्य स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न सकिनेछ ।

बैंक तथा वित्तीय संस्था, धितोपत्र बोर्ड, बीमा, रेमिट, सहकारी, गैरसरकारी संस्था स्वास्थ्य मापदण्ड पालना गरी न्यूनतम जनशक्तिबाट भीडभाड कम हुने गरी वैकल्पिक उपाय अवलम्बन गरेर सञ्चालन गर्ने आदेशमा उल्लेख छ । यी सबै क्षेत्रमा सेवा प्रवाह गर्दा सम्बन्धित ग्राहक÷सेवाग्राही÷सर्वसाधारण र सेवाप्रदायकले स्वास्थ्य सुरक्षाका मापदण्ड भने अनिवार्य रूपमा पालना गर्नुपर्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x