Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

बीमा कम्पनीको व्यवसाय एक वर्षमै करिब ४८ प्रतिशत वृद्धि

बीमा कम्पनीको व्यवसाय एक वर्षमै करिब ४८ प्रतिशत वृद्धि

काठमाडौं, ८ असार । कोभिड महामारीकै बीच पनि बीमा कम्पनीहरू उल्लेख्य व्यवसाय बढाउन सफल भएका छन् । अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको चालू आवको वैशाख मसान्तसम्मको तथ्यांक अनुसार एक वर्षमा बीमा कम्पनीहरूको बीमा शुल्क संकलन करिब ४८ प्रतिशतले बढेको छ ।

मन्त्रालयका अनुसार चालू आवको १० महिनासम्ममा बीमा कम्पनीहरूको बीमाशुल्क संकलन १ खर्ब २३ अर्ब ५१ रुपैयाँ पुगेको छ, जुन गत आवको सोही अवधिको तुलनामा ४७.७ प्रतिशत बढी हो । गत आवको वैशाख मसान्तसम्ममा कुल बीमाशुल्क संकलन ८३ अर्ब ६२ करोड रुपैयाँ थियो ।

वैशाखसम्ममा जारी भएको कुल बीमालेख संख्या समेत गतवर्षको तुलानामा ८.८ प्रतिशतले बढेर १ करोड ७ लाख ७९ हजार १७२ पुगेको छ । यसमध्ये जीवन बीमा लेख र निजीवन बीमालेखको हिस्सा क्रमशः ७७.९ र २२.१ प्रतिशत रहेको छ ।

गतवर्ष वैशाखमा यस्तो हिस्सा क्रमशः ८२.३ र १७.७ प्रतिशत रहेको थियो । कोभिड महामारीका कारण चालू आवको १० महिनामा वैदेशिक बीमा लेख संख्या भने १९.७ प्रतिशतले घटेको छ ।

नेपालमा हाल १९ जीवन बीमा, २० निर्जीवन बीमा र एक पुनर्बीमा कम्पनी सञ्चालनमा रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x