Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला भदौ १७ देखि

पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला भदौ १७ देखि

काठमाडौं, १५ असार । महिला उद्यमी महासंघ नेपालले यही भदौ १७ गते देखि २१ गतेसम्म पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्ने भएको छ । विश्वभर महामारीको रुपमा फैलिइरहको कोभिड १९ को संक्रमणलाई मध्यनजर गर्दै यो मेला भर्चुअल माध्यमबाट हुने महासंघले जानकारी दिएको छ ।

व्यापार मेलामा नेपालभरका साना तथा मझौला महिला उद्यमी, व्यापारी देखि लिएर महिला निर्यातकर्ताका साथै विदेशका उद्यमी महिलाहरुको पनि सहभागिता रहने बताइएको छ । नेपालमा उत्पादन भएका वस्तु एवं हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापारलाई प्रवर्र्धन गर्ने रहेको छ । मेलाको आयोजनामा अन्तर्राष्ट्रिय श्रम संगठन, फिन चर्च एड, द एसिया फाउन्डेशन (भिसा) आदि संस्थाहरुले सहयोग गर्दे छन् ।

मेलाका विशेष आकर्षणका रुपमा हस्तकलाका सामानहरु, स्वदेश तथा विदेशका प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरबुनाका सामानहरु, हाते कागजका वस्तुहरु, काष्ठजन्य वस्तुहरु, जैविक खाद्यपदार्थ, गरगहना, सजावटका सामान, विभिन्न सेवाप्रदायक संस्थाहरुका स्टलहरु हुनेछन् । अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाले महिला उद्यमीहरुको श्रम र श्रृजनालाई अगाडी ल्याएर राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा पनि उनीहरुको पहिचान बनाउन सघाउ पुर्याउनुका साथै उनीहरुलाई अगाडी बढ्न प्रोत्साहित गर्ने विश्वास पनि महिला उद्यमी महासंघ नेपालले लिएको छ ।

मेलामा ३ सयभन्दा बढी भर्चुअल स्टल रहनेछन् । यसमा स्वदेशका महिला उद्यमी लगायत विभिन्न अन्य मुलुकका महिला उद्यमीहरुका उत्कृष्ट उत्पादनहरु किन्ने र अवलोकन गर्ने अवसर प्राप्त हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x