Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

एक वर्षमा २७७ उद्योग दर्ता, पर्यटनतर्फ सबैभन्दा बढी

एक वर्षमा २७७ उद्योग दर्ता, पर्यटनतर्फ सबैभन्दा बढी

काठमाडौं, १६ असार । एक वर्ष अवधिमा मुलुकमा २७७ उद्योग दर्ता भएको पाइएको छ । उद्योग विभागका अनुसार गत आर्थिक वर्ष २०७६÷७७ मा विभिन्न शीर्षकमा गरी उक्त संख्यामा उद्योग दर्ता भएका हुन् ।

दर्ता भएका उद्योगहरूको कुल प्रस्तावित पूँजी १ खर्ब ५२ अर्ब ६२ करोड ५२ लाख, कुल स्थिर पूँजी १ खर्ब ४० अर्ब ३९ करोड २० लाख र कुल सञ्चालन पूँजी १२ अर्ब २३ करोड ३२ लाख रुपैयाँ रहेको छ । विभागमा दर्ता गर्दा उक्त उद्योगहरूले १७ हजार ३८८ जनालाई रोजगारीको प्रस्ताव गरेका छन् ।

सो अवधिमा दर्ता भएका उद्योगमध्ये पर्यटनमूलक उद्योगको संख्या सबैभन्दा धेरै ९१ वटा रहेको छ, जसको कुल प्रस्तावित पूँजी २० अर्ब ५२ करोड ७२ लाख र स्थिर पूँजी १८ अर्ब ९१ करोड ६१ लाख रुपैयाँ रहेको छ । यी उद्योग स्थापना हुँदा ४ हजार ४६३ जनाले रोजगारी पाउने प्रस्ताव गरिएको छ ।

गत आर्थिक वर्षमा धेरै दर्ता भएका उद्योगको दोस्रो स्थानमा उत्पादनमूलक रहेका छन्, जुन ७० वटा रहेको छ । यसैगरी सोही अवधिमा सेवामूलक ४६, ऊर्जाका ४४, सूचना, प्रसारण तथा सञ्चार प्रविधितर्फ १७ र कृषि तथा पैदावारमा आधारित उद्योग ९ वटा दर्ता भएको विभागको तथ्यांक छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x