Date

आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025

अध्यागमनका स्थगित सबै सेवा शुक्रवारदेखि सुचारु

अध्यागमनका स्थगित सबै सेवा शुक्रवारदेखि सुचारु

काठमाडौं, १७ असार । कोभिड–१९ को दोस्रो लहरको सम्भावित जोखिम न्यूनीकरणका लागि अध्यागमन विभागले स्थगित गरेका सम्पूर्ण सेवा भोलि (असार १८ गते शुक्रवार)देखि पूर्ववत् रूपमा सुचारु हुने भएको छ । विभागबाट प्रवाह हुने आकस्मिक बाहेकका अन्य सेवाहरू जेठ ५ गतेदेखि स्थगित गरिएको थियो ।

पछिल्ला दिनमा कोभिड संक्रमण घट्दै गएको, अन्तर्राष्ट्रिय एवं आन्तरिक उडानहरू सुचारु हुँदै गइरहेको र स्थानीय प्रशासनबाट जारी निषेधाज्ञा समेत केही खुकुलो भई सार्वजनिक सवारीसाधन समेत सञ्चालन हुन थालेकाले नेपाल सरकारले तोकेको स्वास्थ्य र सुरक्षा मापदण्ड पालना गर्नेगरी भिसा लगायत सेवा सञ्चालन गर्ने निर्णय गरिएको विभागद्वारा जारी सूचनामा उल्लेख छ ।

विभागका उक्त निर्णय अनुसार गत वैशाख १५ (अप्रिल २८) सम्म नेपालको वैध भिसा भएका विदेशीको हकमा असार २४ गतेभित्र नेपालबाट प्रस्थान हुने भएमा प्रस्थानको समयमा अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै निःशुल्क भिसा नियमित गरिनेछ । यस्तै नेपालमा रहन चाहने विदेशीले भिसा नियमित गर्न विभाग वा अन्तर्गतका कार्यालयहरुमा आवेदन गरेमा विलम्व शुल्क र जरिवाना नलिई भिसा नियमित गरिनेछ । असार २४ गतेपछि भिसा नियमित गर्न आउने र नेपालबाट प्रस्थान गर्ने विदेशीका हकमा नियमानुसार भिसा शुल्क, विलम्ब शुल्क र जरिवाना लाग्ने उल्लेख छ ।

प्रचलित अध्यागमन कानूनमा रहेको प्रावधानमा एक भिसा वर्षमा पर्यटक भिसामा १५० दिनसम्म मात्र बस्न सकिने व्यवस्था रहेकाले जेठ ५ को सूचनामा निषेधाज्ञाको अवधि सो १५० दिनमा गणना नहुने उल्लेख भएकाले निषेधाज्ञाको अवधि थप गरी यस भिसा वर्षका लागि २१० दिनसम्म बस्न सकिने गरी कायम गरिएको जानकारी विभागले दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *