Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एनआईबीएल एस क्यापिटल र देवयानी इन्टरनेशनलबीच लगानी योजना सम्झौता

एनआईबीएल एस क्यापिटल र देवयानी इन्टरनेशनलबीच लगानी योजना सम्झौता

काठमाडौं, १७ असार । एनआईबीएल एस क्यापिटल र देवयानी इन्टरनेशनल नेपालबीच म्युचुअल फण्ड अन्तर्गत संचालित ‘कर्पोरेट पे रोल’ सिप अन्तर्गत व्यवस्थित लगानी योजनाको लागी सम्झौता भएको छ । उक्त सम्झौतामा देवयनी इन्टरनेसनलका तर्फबाट कम्पनिका नायव महाप्रबन्धक रितु राज शाह र एनआईबीएल एस क्यापिटलका तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

यस योजना अन्तर्गत देवयानी इन्टरनेशनल नेपालका कर्मचारीहरुले मासिक रुपमा आफ्नो तलबको केही अंश एनआईबीएल सहभागीता फण्डमा व्यवस्थित लगानी योजनाको एसआइपी अनर्तगत लगानी गर्ने छन । देवयानी इन्टरनेशनलले नेपालमा केएफसी, पिजा हट तथा क्रिम बेल आइसक्रिम जस्ता अन्तराष्ट्रिय फुड चेन ब्राण्डहरु सञ्चालन गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x